default_image

1 year ago

January 31, 2024

एनआरटी मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा

433 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – इलाम गोल्ड कप जितेर फर्केको एनआरटीले सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

हेटौडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा जारी प्रतियोगितामा अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लबलाई बुधबार ३–० ले हराउँदै एनआरटी क्वार्टरफाइनलमा पुगेको छ । एनआरटीलाई जित दिलाउन सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले समान १ गोल गरे ।

२९ औं मिनेटमा सरोजको गोलबाट एनआरटीले अग्रता लिएको थियो । रोहनले ५६ औं र सुमितले ७५ औं मिनेटमा गोल गरेपछि एनआरटीले सहज जित हासिल गरेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजना भएको छैटौं मकवानपुर गोल्डकपमा बिहीबार मछिन्द्र फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.