1 year ago
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् ।
राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरिसकेका इलाम मंगलबारे देउमाई ४ का नवयुगले झापा मेचीनगर १२ की पुजा श्रेष्ठसँग बुधबार विवाह गरेका हुन् ।
केहि दिनअघि इलाममा सम्पन्न एनआरएन इलाम गोल्ड कप नवयुगले आयोजक रेड हर्स क्लबबाट खेलेका थिए । त्यसअघि दोस्रो एनएसएल उनले चितवन एफसीबाट खेलेका थिए ।
आर्मी क्लब भने २३ औं आहा रारा गोल्ड कपको सेमिफाइनल पुगेको छ । सेमिफाइनलमा टोलीले बिहीबार सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबसँग खेल्नेछ । थ्री स्टार बुधबार जावालखेल युथ क्लबलाई हराउँदै फाइनल पुगिसकेको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]