1 year ago
January 31, 2024
पोखरा (हाम्रो खेलकुद)– थ्री स्टार क्लब २३औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ललितपुर डर्बीमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई बुधबार १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालामा दुई ए डिभिजन टोलीको भिडन्तमा दिपेश घलेले ७८ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका दिपेशले दिपेश आले मगरको पासमा गोल गरेका हुन् ।
पूर्व कप्तान विक्रम लामाको प्रशिक्षणमा प्रतियोगिता खेलिरहेको थ्री स्टार पाँच पटकको आहा रारा गोल्ड कप विजेता टोली हो ।
दोस्रो सेमिफाइनल त्रिभुवन आर्मी क्लब र ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबबीच बिहीबार हुनेछ । फाइनल शनिबार हुनेछ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]