12 months ago
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद )- बंगलादेशमा हुने साफ यु १९ महिला च्याम्पियनसिपमा भाग लिन नेपाली टोली बुधबार त्यसतर्फ गएको छ।
आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
यु १९ टोलीको मुख्य प्रशिक्षक बाल गोपाल साहुखल, सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्यामसुन्दर सिंह, गोलकिपिङ प्रशिक्षक शैलेश कर्माचार्य तथा व्यवस्थापकमा इन्दु दुवाल छन् । यस्तै टोलीको फिजियोमा प्रिया लामा, अफिसियलका मनीष शाक्य र टोली नेतामा सुशील सुवेदी छन् ।
नेपालले माघ १९ गते घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्यिनसिपको यात्रा सुरु गर्नेछ । दोस्रो खेल भुटानसँग माघ २१ मा खेल्ने नेपालले तेस्रो तथा अन्तिम खेलमा भारतसँग माघ २३ गते खेल्नेछ । फाइनल माघ २५ गते हुनेछ । सबै खेल ढाका स्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा हुने छ ।
नेपाली यु १९ महिला फुटबल टोली
गोलकिपर: सुजता तामाङ, करुणा बुढाथोकी, लिला जोशी
डिफेन्डर: दिव्या यसमाली महर, सिता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई, माया मास्के
मिडफिल्डर: बिर्सना चौधरी, झुमा विश्वकर्मा, सराह बज्राचार्य (कप्तान) , सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ
फरवार्ड: सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङतान
January 20, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटीले फराकिलो जित हासिल गरेको छ। अर्को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । सिटीले इप्स्विच टावनलाई ६–० ले हरायो । इप्स्वीचको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन फिल फोडेनले २, माटेओ कोभासिक, जेरेमी डोकु, एर्लिङ हाल्यान्ड र जेम्स म्याकअटीले समान १ गोल गरे । सिटीका फोडेनले २७औं […]
January 20, 2025
एजेन्सी – केलियन एमबाप्पेको २ गोल गरेको स्पेनिस ला लिगाको खेलमा रियल मड्रिडले सहज जित हासिल गरेको छ । रियलले आइतवार १० खेलाडीमा सिमित लास पाल्मासलाई ४-१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेसँगै ब्राहिम डियाज र रोड्रिगोले समान एक गोल गरे। पाहुना टोलीका लागि फाबियो सिल्भाको गोल सान्त्वना […]
January 19, 2025
हिमाल खरेल, बिर्तामोड भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । उपाधिका लागि झापा ११ ले […]