10 months ago
January 31, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबारको जितेपछि आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक दूरीलाई घटाएको छ ।
नटिङघम फरेस्टलाई २-१ ले पराजित गरेपछि आर्सनलले अंक दूरीलाई २ मा झारेको हो । यद्दपी एक खेल कम खेलेको लिभरपुल ४८ अंक । २२ खेलमस आर्सनलको ४६ पुगेको छ ।
आर्सनललाई जित दिलाउन ग्याब्रिएल जेसस र बकायो साकाले दोस्रो हाफमा गोल गरेका थिए। जेससले ६५ औं र साकाले ७२ औं मिनेटमा गोल गरेका थिए ।नटिङघमका टाइवो अवोनियीले ८९ औं मिनेटमा गोल फर्काएका थिए। नटिङघम १६ औं स्थानमा छ ।
प्रिमियर लिगकै अन्य खेलमा लुटन टाउनले ब्राइटनले ४-०, न्युक्यासल युनाइटेडले एस्टन भिल्लालाई ३-१, क्रिष्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई ३-२ गोल पराजित गरेको थियो। फुलह्याम र एभर्टनले भने गोलरहित बराबरी खेलेका थिए।
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिला टिमले भारतको सिलिगुडीमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल-भारत महिला मैत्री समाजको आयोजनामा एपिएफ र भारतको सिमा सुरक्षा बलको महिला फुटबल टिमबीच खेल हुने भएको हो । खेल मंसिर १५ गते दिउँसो ३ बजे सिलिगुडीस्थित सिमा सुरक्षा बलको मैदानमा हुनेछ । एपिएफले महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा)को बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १सय ७५ औं स्थानमा छ। नेपालले पछिल्लो पटक खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा जित र अर्कोमा हार बेहोरेको थियो । कात्तिकको अन्त्यमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको नेपालले मंसिरको सुरुमा अफगानिस्तानलाई […]
November 29, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिग विजयी भएको छ । टोटेनहमले बराबरी खेलेको छ।नर्वेली टोली बिन्डो विरुद्ध युनाइटेडले ३- २ ले जित निकालेको हो । रुबेन एमोरिमले प्रशिक्षण सम्हालेयता युनाइटेडको पहिलो जित हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले २-१ ले पछाडि परेर नतिजा उल्टाएको थियो। युनाइटेडका लागि रासमस रोयलुन्डले २ गोल गरे । एलेसान्द्रो […]