1 year ago
January 30, 2024
पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा जारी २३ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीच अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
ए डिभिजन लिग खेलेको पहिलो सिजनमै च्याम्पियन बनेको चर्च ब्वाइज बाइ पाएर सिधै क्वार्टरफाइनल खेल्दैछ । पुलिसले भने अर्को विभागिय टोली एपिएफ फुटबल क्लबको चुनौतीलाई २–० ले समाप्त पार्दै अन्तिम आठमा पुगेको थियो ।
आहा रारा गोल्डकपमा लगातार दास्रो वर्ष पुलिस र चर्च ब्वाइजको भेट हुँदैछ । त्यति बेला चर्च ब्वाइजले पुलिसलाई २–१ ले हराएको थियो । ११ पटक फाइनल खेलिसकेको पुलिसले सर्वाधिक ६ पटक आहाराराको उपाधि जितिसकेको छ ।
क्यानभाराको नाममा २०५८ गोल्डकप जितेको पुलिस त्यसपछि , २०५९, २०६४, २०६५, २०६६ र पछिल्लो पटक ०७४ च्याम्पियन बेनेको थियो । जारी प्रतियोगितामा तीन ए डिभिजन टोली थ्री स्टार, त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लब सेमिफाइनल पुगिसकेका छन्।
पहिलो सेमिफाइनल थ्री स्टर र जावलाखेलबीच बुधबार हुनेछ । आजको विजेताले माघ १८ आर्मीसँग सेमिफाइनल खेल्नेछ । सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]