default_image

7 months ago

January 30, 2024

कतार एसियन कपको क्वाटरफाइनलमा

1367 views

0 Bookmark

एजेन्सी – प्यालेस्टाइनविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै घरेलु टोली कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

३७औं मिनेटमा ओडे दब्बाघको गोलबाट प्यालेस्टाइनले अग्रता लिएको थियो । तर, कतार पहिलो हाफमा‌ नै खेलमा बराबरी गर्न सफल भएको थियो। इन्ज्युरी समयको छैटौं मिनेटमा हसन अल हेयदसले बराबरी गोल फर्काएका‌ थिए ।

४९ औं मिनेटमा प्राप्त पेनाल्टीलाई आक्राम अफिफले गोलमा परिणत गरेपछि कतारले अग्रता बनाएको थियो। त्यसलाई जोगाउँदै आयोजक‌ टोली‌ अन्तिम आठमा पुगेको थियो।

एसियन कपमा आज दुई प्रि क्वाटरफाइनलमा खेल हुनेछन् । नेपाली समय‌अनुसार साँझ ५:१५ बजे उज्वेकिस्तान र थाइल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। राति ९:४५ मा साउदी अरेबिया र दक्षिण कोरियाले एकअर्काको सामना गर्नेछन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.