default_image

9 months ago

January 29, 2024

इराक विरुद्ध नाटकीय जित रच्दै जोर्डन एसियन कपको क्वार्टरफाइनलमा

1633 views

0 Bookmark

एजेन्सी – दश जनामा सिमित इराक विरुद्ध इन्ज्युरी समयमा दुई गोलका साथ नाटकीय पुनरागमन गर्दै जोर्डन एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जोर्डनले इराक विरुद्ध ३-२ को जित निकाल्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

खेलमा सुरुवाती अग्रता लिएको जोर्डन बीचमा लय गुमाउँदै पछि परेको थियो । पहिलो हाफको अन्त्यतिर याजान अल-नैमातले गोल गर्दै खेलमा जोर्डनलाई अग्रता दिलाएका थिए ।

६८औं मिनेटमा इराकले साद नाजीको गोलको मद्दतमा खेल बराबरीमा ल्यायो । आइमान हुसेनले ७६औं मिनेटमा इराकका लागि दोस्रो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । तर गोल पश्चात रेफ्रीको आश्चर्यजनक निर्णयले खेलको रंग नै परिवर्तन गर्यो ।

हुसेनले खेलको सुरुमा जोर्डनका खेलाडीहरूले गरेको सेलिब्रेसनको नक्कल गरे। र त्यसका लागि, उनले दोस्रो पहेँलो कार्ड पाए र पिच छोड्नुपर्‍यो। त्यसपछि खेलमा जोर्डनले वर्चस्व कायम गर्न थाल्यो ।

जोर्डनले इन्ज्युरी समयमा दुई गोल गर्न पुग्यो । इन्ज्युरी समयको पाँचौं मिनेटमा याजान अल-अरबले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको दुई मिनेट पछि नै निजार अल राशदानले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेर इराकलाई स्तब्ध बनाए ।

जोर्डनले अब सेमिफाइनल प्रवेशका लागि ताजिकिस्तान विरुद्ध खेल्ने छ । सो खेल फेब्रुअरी २ का दिन हुने छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.