1 year ago
January 29, 2024
पोखरा (हाम्रो खेलकुद)- जावलाखेल युथ क्लब आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
ए डिभिजन प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई सोमबार सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो।
पोखरा रंगशालामा निर्धारित र अतिरिक्त समय १-१ को तथा टाइब्रेकरमा ४-४ को बराबरी भएपछि सडन डेथमा जावलाखेल बाजी मारेको हो । दुवै टोलीका ९ खेलाडीले पेनाल्टी हान्दा जावलाखेल सडन डेथमा ७-६ ले विजयी भयो ।
जावलाखेलका गोलकिपर युनेश चौधरीले मनाङका लागि नवौं पेनाल्टी हानेका रन्दिप पौडेलको पेनाल्टी रोक्दै टोलीलाई सेमिफाइनल पुर्याएका हुन् । टाइब्रेकरकै लागि जावलाखेलले अनिश देवलाको ठाउँमा दिनेशलाई पठाएको थियो।
निर्धारित समयमा जावलाखेलले हिसुब थपलियाको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा हिसुबले सुदिप श्रेष्ठको पासमा ले दिएको गोल गरेका हुन् । पहिलो खेलमा पनि उनकै गोलमा अर्को ए डिभिजन टोली मछिन्द्र एफसीलाई १-० ले हराउँदै जावलाखेल क्वाटरफाइनलमा पुगेको थियो ।
मनाङले अन्तिम समयमा बराबरी गोल फर्काएको थियो । ८९ औं मिनेटमा राजेश परियारले बराबरी गोल गरेका थिए । बक्समा क्रस गरेको बल सिधै गोलमा परिणत भयो । त्यहि गोलले खेल अतिरिक्त समयमा गएको थियो।
जावलाखेलले अब सेमिफाइनलमा अर्को ए डिभिजन टोली थ्री स्टार क्लबको सामना गर्नेछ । थ्री स्टार र त्रिभुवन आर्मी फुटबल क्लब यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा मंगलबार दुई ए डिभिजन टोली विजेता चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।
आहा रारा गोल्डकपको २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]