default_image

7 months ago

January 29, 2024

इजिप्ट अफ्रिका कप अफ नेसन्सबाट बाहिरियो

337 views

0 Bookmark

एजेन्सी – समूह चरणमा आफ्नो स्टार खेलाडी मोहम्मद सालाहलाई चोटका कारण गुमाएको इजिप्ट आइभोरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएको छ । प्रि-क्वार्टरफाइनलमा प्रजातान्त्रिक गणतन्त्र कंगो विरुद्ध सडेन डेथमा ८-७ ले पराजित हुँदै इजिप्ट प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएको थियो । कंगोले मेश्चाक एलियाको गोलको मद्दतले ३७औं मिनेटमा अग्रता लिएको थियो । इजिप्टले पहिलो हाफकै अन्त्य तिर मोस्ताफा मोहमदको पेनाल्टी गोलको मद्दतले खेलमा बराबरी गरेको थियो ।

पेनाल्टी शूटआउटमा इजिप्टका लागि पहिले गोल गरेका मोहमदले गोल गर्न सकेनन् । यस्तै कंगोका आर्थर मासुआकुले पनि पेनाल्टीमा गोल गर्न सकेका थिएनन् ।

Mostafa Mohamed of Egypt scores penalty during the 2023 Africa Cup of Nations match between Egypt and DR Congo at Laurent Pokou Stadium in San Pedro, Cote dIvoire on 28 January 2024 ©Weam Mostafa/BackpagePix

त्यसपछि सडेन डेथमा धकेलिएको खेलमा इजिप्टका गोलरक्षक मोहमद अबू गबालले पनि गोल गर्न सकेनन् । कंगोका गोलरक्षक लियोनेल एम्पासी-एन्जाऊले भने गोल गर्दै जित दिलाए ।

गएराति सम्पन्न अर्को प्रि-क्वार्टरफाइनल खेलमा इक्वेटोरियल गिनीले गिनी विरुद्ध १-० को जित निकाल्दै आफ्नो यात्रा जीवितै राखेको छ ।

अफ्रिका कप अफ नेसन्समा आज अन्तिम १६ का थप दुई खेल हुँदै छन् । आज राती १०:४५ बजे हुने खेलमा केप भर्डे र मौरिटानिया भिड्ने छन् भने राति १:४५ बजे सेनेगल र घरेलु टोली आइभोरी कोस्ट भिड्ने छन् ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.