default_image

7 months ago

January 29, 2024

रोकियो पिएसजी

313 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) २-० को अग्रतालाई‌ जोगाउन नसक्दा लिग वानमा आइतबार बराबरीमा‌ रोकिएको छ।‌

पिएसजी ब्रेस्टसँग २–२ को बराबरीमा रोकेको हो । मार्को असेन्सियो ३८ औं र रान्डाल कोलो मुआनी ४५औं मिनेटमा गोल गरेपछि पिएसजी पहिलो हाफमा २-० ले अगाडि रह्यो।

महदी कामारा ५५ औं र म्याथियस परेराले ८०औं मिनेटमा बराबरी गोल गरेपछि पिएसजी अंक बाढ्न बाध्य भयो । पिएसजीका फरवार्ड ब्राड्ली बारकोलाले इन्ज्युरी समयमा रातो कार्डको सामना गरेका थिए ।

पिएसजी ६ अंकको अग्रताका साथ शीर्षस्थानमा यथावत छ । १९ खेलबाट पिएसजीको ४४ अंक रहेको छ । निस ३८ अंकसहित दोस्रो स्थान र ब्रेस्ट ३५ अंकका साथ तेस्रो स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.