default_image

7 months ago

January 28, 2024

आर्मीसँग साविक विजेता संकटा पराजित

1881 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

साविक विजेता संकटा क्लबलाई आइतबार ३-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। पोखरा रंगशालामा भएको खेलमा‌ आर्मीलाई जित दिलाउन दिनेश हेन्जन २ र जिलेस्पीजंग कार्कीले १ गोल गरे।

पहिलो हाफको अन्तिम मिनेटमा जिलेस्पीले गोल गर्दे टोलीलाई अग्रता दिलाए। आर्मीका कप्तान भरत खवासको क्रसमा अनमार्क रहेका जिलेस्पीले हेडमार्फत गोल गरेका हुन् ।

४९ औं मिनेटमा आर्मीले पेनाल्टीमा गोल गर्दै अन्तर दोब्बर पार्यो । दिनेशले पेनाल्टीमा गोल गरे। दिनेशको‌ प्रहारमा संकटाका कुलिदप कार्कीले ह्याण्ड भएपछि आर्मीले पेनाल्टी पाएको हो ।

दिनेशले टोलीका लागि तेस्रो गोल ७६ औं मिनेटमा गोल थपे। जिलेस्पीको पासमा उनले गोल गरेका‌ हुन् ।

संकटाले सिधै बाइ पाएर क्वाटरफाइनलमा खेलेको हो भने आर्मीले पहिलो खेलमा राइजिङ स्टारलाई‌ पराजित गर्दै अन्तिम आठमा पुगेको थियो। ४ पटक फाइनल खेलेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकप जितेको छैन । दुई पटकको विजेता संकटा यसपटक पहिलो खेलमै पराजित भएको छ ।

आर्मीले अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको विजेतासँग माघ १८ गते खेल्नेछ। थ्री स्टार भुटानको पारो एफसीलाई हराउँदै शनिबार सेमिफाइनलमा पुगेको थियो।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा सोमबार दुई ए डिभिजन टोली मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ ।

जावलाखेल अर्को ए डिभिजन टोली मछिन्द्र क्लबलाई १-० ले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो। मनाङले सिधै क्वाटरफाइनलमा मौका पाएको थियो।

आहा रारा गोल्डकपको २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आर्मी ३-० ले जितेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.