1 year ago
January 27, 2024
दिपक बोहरा, इलाम
इलामे दर्शकको समर्थन पाएको काठमाडौंको न्यू रोड टिम (एनआरटी) प्रथम एनआरएनए इलाम गोल्डकप च्याम्पियन बनेको छ ।
झापाको बिर्तामोड युनाइटेड एफसीलाई टाइब्रेकरमा पराजित गर्दै एनआरटील च्याम्पियन बनेको हो । बिर्तामोडलाई ४-३ गोलअन्तर हराउँदै एनआरटीले उपाधि सहित ५ लाख रुपैयाँ प्राप्त गर्यो।
निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा टुङ्गिएको थियो। दुबै टोलीले पाएको अवसर गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा एनआरटीका गोलरक्षक प्रिसोले बिर्तामोडका एञ्जल गुरुङ र प्रदिप बुढाथोकीको प्रहार रोकेका थिए । श्याम मुर्मू, योगेश गुरुङ र देवेन्द्र तामाङले गोल गरेका थिए ।
यस्तै, एनआरटी राजीव लोप्चनको प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बूले रोके । प्रिसो, सुमित श्रेष्ठ, विवेक गुरुङ र जय गुरुङले गोल गरेका थिए । एनआरटीका प्रिसो उत्कृष्ट गोलरक्षक भए ।
सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका रोहन कार्की बने ।एनआरटीका हरिओम श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । सर्वाधिक गोलकर्ता इलामका नवयुग श्रेष्ठ बने ।
फाइनल खेलको म्यान अफ दी म्याच बिर्तामोडका हिसुब थपलिया, सञ्जित राई उत्कृष्ट रक्षक र उत्कृष्ट मिडफिल्डर याेगेश गुरूङ बने । विधागततर्फका विजेताले जनही १० हजार रुपैयाँ प्राप्त गरे । उदीयमान खेलाडी रेडहर्स एफसी इलामका गोलरक्षक विवेक मगर बने ।
बिर्तामोडले ३ लाख रुपैयाँ प्राप्त गर्यो। रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भारतको एक टोलीसहित ८ टोलीको सहभागिता थियो ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]