1 year ago
January 27, 2024
पोखरा (हाम्रो खेलकुद)- थ्री स्टार क्लब पोखरामा जारी आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
भुटानको पारो एफसीलाई शनिबार २- ० ले पराजित गर्दै थ्रीस्टार क्लब अन्तिम चारमा पुगेको हो । थ्रीस्टारलाई जित दिलाउन दुबै गोल आशिष चापागाईंले गरे ।
निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि आशिषले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । उनले पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहारमार्फत पहिलो गोल गरेका हुन् । पारोका गोलकिपर जाङ्पोले बल रोक्ने प्रयास सफल भएनन् ।
त्यसको तीन मिनेटपछि आशिषले अर्को गोल थपे । विपक्षी गोलकिपर जाङ्पो बल अगाडि बढेको मौकामा उनले गरे । प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा आशिषले मौका पाएर पनि गोल गर्न सकेनन् ।
थ्रीस्टारले आयोजक सहारालाई २–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय थियो । पहिलो सहभागितामा पारोले सिधै क्वाटरफाइनल खेलेको थियो ।
आहा राराको पाँच पटक उपाधि जितेको थ्रीस्टारले अब जावलाखेल र मनाङ मर्स्याङ्दी क्लबको विजेता सँग सेमिफाइनल खेल्नेछ ।
प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा आइतबार साविक विजेता संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]