default_image

7 months ago

January 27, 2024

आरसिटीको‌ फुटबल प्रशिक्षण कार्यक्रम सुरु

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीले
काठमाडौं महागनरपालिकाको सहयोगमा शनिबारदेखि फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

युवा खेलाडीको उत्पादन उद्देश्य राखेर ग्रास रुट स्तरको यो फ्रशिक्षण कार्यक्रम सुरु गरिएको हो । कार्यत्रम लैनलोर युवा क्लब र बाँसबारी क्लबको संयुक्त सहकार्यमा सुरु भएको हो ।

प्रशिक्षक प्रत्येक शनिबार र विदाको दिन संचालन हुने बताइएको छ। यसमा ८ देखि १४ वर्षसम्मका १ सय २५ खेलाडीको सहभागिता रहेको छ । त्यसमध्ये १९ बालिका रहेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले मुख्य प्रशिक्षक विराटकृष्ण श्रेष्ठलाई बल हस्तान्तरण गर्दै कार्यक्रममा सुरु गरे ।

वरिष्ठ प्रशिक्षक श्रेष्ठलाई हरिओम श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश बैद्य, सुरेश शाही र दामोदर शिल्पकारले सहयोग गर्नेछन् । आयोजक क्लबका अध्यक्ष सुरेश शाक्यले प्रशिक्षण कार्यक्रमले काठमाडौं उपत्यकाबाट फुटबल खेलाडी उत्पादन हुने प्रक्रियामा सहयोग पुग्ने विश्वास रहेको‌ बताएका छन्। 

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.