1 year ago
January 25, 2024
पोखरा (हाम्रो खेलकुद)- जावलाखेल युथ क्लब आहा
रारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
राष्ट्रिय खेलाडीको वर्चश्वसहित मैदान उत्रिएको मछिन्द्र क्लबलाई बिहीबार १-० ले स्तब्ध पार्दै जावलाखेल अन्तिम आठमा पुगेको हो ।
गोलकिपर विशाल श्रेष्ठले मछिन्द्रको कप्तानीमा उत्रेको मच्छिन्द्रले पहिलो हाफमा गोलको सामना गरेको थिय । ३८ औं मिनेटमा विशाल अगाडि बढेको अवस्थामा जावलाखेलका हिसुब थपलियाले बललाई खाली पोस्टमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको अधिकांश समय जावलाखेललाई दबाबमा राखे पनि गोल गर्न नसक्दा मछिन्द्र बराबरी गर्न असफल भएको थियो।
४८ औं मिनेटमा विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो । अब जाउलाखेल क्वाटरफाइनलमा माघ १५ गरे पूर्व विजेता मनाङ मर्स्याङ्दी क्लबको सामना गरेको छ।
सहारा क्लबको आयोजना जारी प्रतियोगितामा शुक्रबार प्रिक्वार्टरफाइनल चौथो खेल भोलि विभागीय डर्बीमा एपिएफ र नेपाल पुलिस क्लबबीच हुनेछ ।
यसैबीच, जापानमा रहेका फुटबलप्रेमीले पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको फुटबल प्रतियोगितालाई आर्थिक सहयोग गरेका छन्।
तमुधी जापानका निर्वतामान अध्यक्ष एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी रमेश कुमार गुरुङको संयोजकत्वमा संकलन गरिएको २ लाख १५ हजार जापानिज येन एनआरएनए आइसिसीका उपाध्यक्ष रोविन प्रसाद शेरचनले बिहीबार हस्तान्तरण गरेका थिए।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]