default_image

8 months ago

January 25, 2024

दक्षिण कोरिया समूहको उपविजेतामा सिमित

1130 views

0 Bookmark

एजेन्सी – समूह चरणको अन्तिम खेलमा मलेसिया विरुद्ध रोमाञ्चक बराबरीमा रोकिएपछि दक्षिण कोरिया समूह उपविजेतामा सिमित रहँदै जारी एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयमा नै लिएको अग्रता जोगाउन नसक्दा कोरियाले ३-३ को बराबरी खेल्दै समूह विजेता बन्ने मौका गुमाएको छ ।

वु-योङ जिओंगले २१औं मिनेटमा गोल गर्दै कोरियालाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए । तर फिफा वरियतामा आफू भन्दा १०७ स्थान माथि रहेको कोरिया विरुद्ध स्कोरलाइन उल्ट्याउँदै मलेसियाले खेलमा २-१ को अग्रता लिएको थियो ।

५१औं मिनेटमा फैसल अब्दुल हलिम र ६२औं मिनेटमा अरिफ आइमानको गोलको मद्दतले १-० ले पछि परेको अवस्था उल्ट्याउँदै मलेसियाले खेलमा अग्रता लिन सफल भयो ।

तर अग्रता जोगाउन नसक्दा मलेसिया पुनः खेलमा पछि परेको थियो । ८३औं मिनेटमा काङ्ग इन-लीको फ्रिकिक बचाउने क्रममा मलेसियाका गोलरक्षक अहमद हाज्मीले आत्मघाती गोल गरेपछि खेलमा २-२ बराबरी भयो ।

त्यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा कोरियाले पेनाल्टीमा अग्रता लिने अवसर प्राप्त गर्यो । पेनाल्टीमा कप्तान सन ह्युङ-मिनले गोल गर्दै कोरियालाई जित तर्फ डोहोर्याएका थिए । तर अन्तिम समयमा कोरियाले धैर्य गुमाउन पुगेपछि खेलमा मलेसियाले बराबरी गोल गर्यो । इन्ज्युरी समयको १५औं मिनेटमा रोमेल मोरालेसले गोल गर्दै खेलमा मलेसियाका लागि उल्लेखनीय नतिजा दिलाउन सफल भए ।

बराबरी पछि कोरियाले समूहमा पहिलो स्थान हासिल गर्ने मौका गुमायो । कोरियाले समूहको तीन खेलमा ५ अंक हासिल गर्यो ।

आज नै भएको खेलमा जोर्डन माथि १-० को जित निकाल्दै बहराइनले ६ अंक सहित समुहको शीर्ष स्थान सुरक्षित गर्यो । जोर्डन पनि चार अंक सहित उत्कृष्ट चार तेस्रो स्थान हासिल गर्ने टोली मध्य एक बन्दै अन्तिम १६ मा पुगेको छ । मलेसिया भने १ अंक सहित पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

आज नै समूह चरणका अन्तिम खेलहरुमा समूह एफ अन्तर्गतका खेलहरु हुँदै छन् । बेलुका ८:४५ बजे साउदी अरेबिया र थाइल्याण्ड भिड्दा ओमान र किर्गिस्तान पनि आमने-सामने हुने छन् । सो समूहमा साउदी ६ अंक सहित पहिलो स्थानमा रहेको छ । यस्तै थाइल्याण्ड ४ अंकसहित दोस्रो, ओमान १ अंक सहित तेस्रो र किर्गिस्तान बिना कुनै अंक पुछारमा छ । 

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.