default_image

8 months ago

January 25, 2024

बार्सिलोना कोपा डेल रे बाट बाहिरियो

1495 views

0 Bookmark

एजेन्सी – बार्सिलोना कोपा डेल रे कपबाट बाहिरिएको छ। बुधबार राति भएको क्वार्टरफाइनलमा एथ्लेटिक बिल्बाओसँग ४-२ ले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो।

२-२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा बिल्बाओले २ गोल थपेको थियो।

गोर्का गुरुजेटाले पहिलो मिनेटमा गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । बार्सिलोनाका‌ लागि रोबर्ट लेवान्डोस्कीले २६ औं बराबरी गोल फर्काए। ३२ औं मिनेटमा लामिन यामालले गोल गरेपछि पहिलो हाफको‌ समाप्तीमा बार्सिलोनाले २-१ ले अगाडि रह्यो।

दोस्रो हाफ‌ सुरु भएको चौथो मिनेटमा बिल्बाओले ओइहान सान्चेटको गोल गर्दै टोलीलाई खेलमा‌ फर्काएका थिए। त्यसपछि निर्धारित समयमा गोल भएन ।

अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा इनाकी विलियम्स र दोस्रो हाफको‌ इन्ज्युरी समयमा निको विलियम्सले गोल गरेपछि बिल्बाओको जित पक्का भएको थियो। रियल म्याड्रिड यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.