default_image

10 years ago

August 12, 2015

सीसीआरसी र केइसीको जित

190 views

0 Bookmark

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) ले प्रथम क्रान्तिकारी कप अन्तरकलेज फुटसल प्रतियोगितामा बुधबार जित हात पारेका छन् ।

फटसलमा केइसीका खेलाडी ग्लोबल ‘डि’ विरुद्ध ।

फटसलमा केइसीका खेलाडी ग्लोबल ‘डि’ विरुद्ध ।

अखिल क्रान्तिकारी नेवा: राज्य समितिद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले सेन्ट लरेन्सलाई ३–२ तथा केइसीले ग्लोबल कलेज ‘डि’ लाई ७–० को गोलअन्तरले पराजित गरे ।
अन्य खेलमा ग्लोबल ‘सी’ ले थापाथली क्याम्पसलाई २–१, ओरियन्टले गुह्ेश्वरीलाई टाइब्रेकरमा ३–२, ग्लोबल ‘बी’ ले क्याथफोर्डलाई ६–०, पब्लिक युथ क्याम्पसले क्यारेबियनलाई २–१, बानेश्वर क्याम्पसले महेन्द्ररत्न क्याम्पस, ताहचललाई ९–०, टाइम्सले अक्सब्रिजलाई ३–०, लिटिल एन्जल्सले ग्लोबल ‘ए’ लाई ३–२, पाटन बहुमुखी क्यापस ‘सी’ ले न्यु भिजनलाई ९–०, नेपाल राष्ट्रियले पशुपति क्याम्पसलाई ३–१, हिमालय इन्जिनिएरिङ कलेज ‘ए’ ले नोबेललाई ५–२ तथा पाटन ‘बी’ ले नेपाल कमर्श क्याम्पस (एनसीसी) लाई ३–१ गोलले हराए ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.