default_image

1 year ago

January 24, 2024

अष्ट्रेलियामा राई सगरमाथाको मुख्य प्रशिक्षक

1474 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पुर्व फरवार्ड जुमानु राई अष्ट्रेलियाको सिड्नीमा रहेको सगरमाथा एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

क्लबले उनलाई बुधबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । राई केही समययता अष्ट्रेलियामै रहेका छन् । उनले गत महिना मात्रै नेपाल प्रहरीबाट प्रहरी नायव निरिक्षक (सई) मा अवकाश लिएका थिए । उनलाई नेपाल पुलिस क्लबकाे फुटबल टाेलीले बिदाईसमेत गरेको थियो ।

खेलाडी जीवनबाट राईले गत जेठमा सन्यासको घोषणा गरेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत सातदोबाटो युथ क्लबमाथि १–० को जितपछि राईसँगै भोलानाथ सिलवालले पनि खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए ।

नेपाली फुटबलका लेजेन्ड राईलाई सगरमाथा फुटबल क्लबमा नयाँ मुख्य प्रशिक्षकको भुमिकामा घोषणा गर्न पाउँदा क्लब परिवार हर्षित बनेको क्लबले जनाएको छ ।

‘नेपालसँगै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गरिसकेका उनीसँग दशकौं अनुभव र धेरै उपाधि जितेका छन् ,’ क्लबले भनेको छ, ‘उनी नेपाली फुटबलका लेजेन्ड हुन् । क्लबमा जुमानु राईलाई पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी विश्वस्त छौं कि उनले हाम्रो टोलीमा विजयी मानसिकता जगाउनेछ । उनको नेतृत्व र विशेषज्ञताले टोलीलाई नयाँ उचाईंमा पु¥याउने र हाम्रो लक्ष्य प्राप्तिको नजिक ल्याउनेछ भन्ने हाम्रो विश्वास छ ।’

घरेलु फुटबलमा नेपाल पुलिस क्लबबाट खेलेका राईले नेपालको राष्ट्रिय टोलीबाट ११ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले ५१ क्याप जितेका छन् ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.