1 year ago
January 24, 2024
दिपक बोहरा,इलाम
ए डिभिजन टोली एनआरटी प्रथम एनआरएनए इलाम गोल्कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
पहिलो सेमिफाइनल बुधबार आयोजक रेडहर्स क्लब इलामलाई सडन डेथमा हराउदै एनआरटी फाइनल पुगेको हो ।
निर्धारित समयमा १-१ र टाइब्रेकरमा ३-३ को बराबरीपछि सडन डेथमा एनआरटीले बाजी मारेको हो ।
सडन डेथमा भने आोजक टोलीका एकराज बुढाथोकीको प्रहार आकाशियो । एनआरटीका राजीव लोप्चनको प्रहार गोलमा परिणत भयो र टोलीले फाइनल यात्रा तय गर्यो।
ठूलो टुडिखेलमा भएको खेलमा अन्तिम दुई मिनेट सम्हालिन नसक्दा आयोजक रेडहर्ष फाइनल पुग्नबाट बञ्चित भयो।
प्रतिस्पर्धात्मक खेलको ४२औैं मिनेटमा कप्तान नवयुग श्रेष्ठको गोलबाट आयोजक टोलीले अग्रता लिएको लिएको थियो । खेलको ८८औं एनआरटीका लागि ग्लोरीले गोल गर्दै खेलमा फर्काए ।
टाइब्रेकरमा आयोजकका लागि विशाल घलान, पिकेश लोक्ताम, शरण विक्राम सिंह बस्नेतले गोलगरे । नवयुग श्रेष्ठ र छिरिङ गुरुङको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले रोके ।
एनआरटीका प्रिसो, जय गुरुङ, सुमित श्रेष्ठले गोलमा गरे ।सनम लिम्बूको प्रहार क्रस बारमा लाग्दै बाहिरियो भने ग्लोरीको प्रहार आयोजकका गोलरक्षक विवेक मगरले रोके। एनआरटीका गोलरक्षक प्रिसो म्यान अफ दी म्याच बने र उनले ५ हजार रुपैयाँ प्राप्त गरे।
गोल्डकपमा भोली (बिहीबार) झापाको बिर्तामोड युनाइटेडले पाँचथर एफसीसँग दोस्रो सेमिफाइनल खेल्नेछ । गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]