default_image

9 months ago

January 24, 2024

पाँचथर गोल्डकप अर्को महिना हुने

592 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

पाँचथर गोल्डकपको चौंथो संस्करण अर्को महिना हुने भएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै फागुन १२ देखि १९ गतेसम्म हुने जानकारी दिइएको छ ।

चार बर्षपछि यो प्रतियोगिता हुन लागेको हो । पछिल्लो पटक २०७६ को चैतमा प्रतियोगिता भएको थियो । प्रतियोगित फिदिम माविको खेलमैदानमा हुनेछ प्रतियोगितामा आयोजक , एक विदेशीसहित ८ टोलीको सहभागिता रहने बताइएको छ ।

आयोजक क्लबका सचिव योगराज सेढाइले झापा, मोरङ सहित ए डिभिजन, एनएसएल टोलीलाई सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५ लाख ५ हजार, दोस्रोले २ लाख २ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडी पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जानकारी दिए ।

व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थाइ प्यारिपिटबाट दर्शकले खेल हेर्न पर्ने भएकाले दर्शकको समेत बिमा गरिने आयोजकले जनाएको छ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.