default_image

8 months ago

January 24, 2024

तामाङ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

1987 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राजेन्द्र तामाङ नेपाल महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।  तामाङको नियुक्ति अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो ।

एन्फाका महासचिव किरण राईले कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेखु र पेमा डोल्मा लामाको उपस्थितिमा मुख्य प्रशिक्षक तामाङलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । 

थ्री स्टार क्लबबाट ए डिभिजन लिग विजेता, नेपाल एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लबका पुर्व मुख्य प्रशिक्षक तामाङले यसै वर्ष साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपका लागि टोलीको प्रशिक्षण गर्ने छन् । प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुनेछ । प्रतियोगितामा नेपाली टोली आमन्त्रित टोलीमध्ये एक हुनेछ । तामाङले प्रतियोगिताअघि बन्द प्रशिक्षणका लागि ४० सदस्यीय प्रारम्भिक टोली बोलाइसकेका छन् ।

सहायक प्रशिक्षकमा कमला रखाल र श्याम मानन्धर र गोलकिपिङ प्रशिक्षकमा उज्वल मानन्धर नियुक्त भएका छन् । वृन्दा दिवान टोलीको व्यवस्थापक रहनेछिन् ।

वाफ महिला च्याम्पियनसिप पश्चिम एशियाली फुटबल महासंघद्वारा आयोजित प्रतियोगिता हो ।  जोर्डन, लेबनान, इराक, प्यालेस्टाइन, साउदी अरेबिया, सिरिया र गुआम यसअघि नै सहभागी हुने पक्का भइसकेको छ । गुआमपछि नेपाल दोस्रो आमन्त्रित टोली हुनेछ । गुआम पूर्वी एसियाली फुटबल महासंघ (ईएएफएफ) को सदस्य हो ।

प्रारम्भिक नेपाली टोली:

एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), अञ्जना राना मगर (गोलकिपर), उषा नाथ (गोलकिपर), सपना राई (गोलकिपर), कविता विक (गोलकिपर), अमृता जैशी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर , समिक्षा घिमिरे, अन्चली वाइवा, विमला चौधरी, अनिता बस्नेत, प्रिती राई, दीपा शाही, सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, चन्द्रा भण्डारी, हेमा चौधरी, गंगा गुरुङ, सरस्वती हमाल, प्रतिक्षा चौधरी, दिपा न्यौपाने, मोनिका पुलामी मगर. अनुष्का शेर्पा, अन्जली मचामसी, सपना थेबे, मनमाया दमाइ, सम्झना लावती, निर्मला उपाध्याय, प्रिया माझी, सरु वाइवा, रेबिका पाण्डे, कुमारी ठोकर  

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.