default_image

8 months ago

January 24, 2024

प्यालेस्टाइन एसियन कपको अन्तिम १६ मा

855 views

0 Bookmark

एजेन्सी – युद्धग्रस्त प्यालेस्टाइन एसियन कप इतिहासमा पहिलो जित दर्ता गर्दै अन्तिम १६ मा पहिलोपटक आफ्नो स्थान पक्का गरेको छ । मंगलबार भएको खेलमा हंगकंग विरुद्ध ३-० को जित निकाल्दै तेस्रो पटकमा नकआउट चरणमा प्रवेश गरेको हो ।

प्यालेस्टाइनको जितमा ओले दब्बागले दुई गोल गर्दा जैद कुनबारले एक गोल गरे । यो जितले प्यालेस्टाइन समूहमा तेस्रो रहँदै उत्कृष्ट चार तेस्रो स्थान हासिल गर्ने टोली मध्य एक बन्दै अन्तिम १६ मा पुगेको हो ।

प्यालेस्टाइनले ३ खेलमा ४ अंक बटुल्यो । ४ अंक नै बटुलेको युएई गोल डिफरेन्सका आधारमा दोस्रो रहँदै नकआउट चरणमा पुगेको छ । हिजो नै भएको खेलमा इरानले युएई विरुद्ध २-१ को जित निकाल्दै समूहमा सतप्रतिशत नतिजा निकालेको हो ।

एसियन कपमा आज समूह डि का दुई खेल हुँदै छन् । ५:१५ बजे हुने दुई खेलमा ईराक र भियतनाम भिड्दा जापान र इण्डोनेसिया पनि आमने-सामने हुने छन् ।

सो समूहमा ईराक, जापान, इण्डोनेसिया र भियतनाम क्रमश: ६, ३, ३ र ० अंक सहित पहिलो, दोस्रो, तेस्रो र चौथो छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.