default_image

1 year ago

January 23, 2024

थ्री स्टार आहा!रारा पोखरा गोल्डकपको क्वाटरफाइनल

1639 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार क्लब आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताकोक्वार्टर फाइनलमा पुगेको छ ।

एञ्जल महर्जनको निर्णायक गोलमा आयोजक सहारा क्लबलाई मंगलबार २-१ हराउँदै थ्री स्टार अन्तिम ८ अन्तिममा पुगेको छ।

थ्री स्टारलाई जिताउन एञ्जल र योगेश गुरुङ गोल गरे । सहाराका आशिष गुरुङले १ फर्काए थिए ।

योगेशको गोलमा पाँचौं मिनेटमा थ्री स्टारले अग्रता लिएको थियो । रिवाउन्डमा प्राप्त बलमा उनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका हुन् ।

२३ औं मिनेटमा आशिषले बराबरी गोल गरेका थिए।लक्ष्मण रुचालले फ्रिकिकमा आशिषले हेड मार्फत गोल गरेका हुन् ।

५९ औं मिनेटमा एन्जलले गोल गर्दे थ्री स्टारलाई दोस्रो पटक अग्रता दिलाएका थिए । उनले झन्डै ४० यार्ड टाढा प्राप्त फ्रिकिकमा गोल गरेका थिए। त्यहि गोल खेलको निर्णायक बन्यो।
प्रतियोगिताको दोस्रो बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच खेल हुनेछ हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन्।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.