default_image

1 year ago

January 23, 2024

लामा थ्री स्टार क्लबमा नयाँ भूमिकामा

3839 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेल जीवनबाट सन्न्यास लिइसकेका विक्रम लामा थ्री स्टार क्लबमा नयाँ भूमिकामा‌ देखिने भएका छन् ।

पोखरामा आज सुरु हुने आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक सहारा क्लब विरुद्धको‌ खेलमा लामा थ्री स्टारको‌ टचलाइनमा देखिनेछन्।

झन्डै डेढ दशक क्लबका खेलाडी र पछिल्लो केहि वर्षमा कप्तानी भूमिका निर्वाह गरेका उनलाई थ्री स्टारले प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

ए डिभिजन सिजनको अन्तिम खेलमा जाउलाखेल‌ युथ क्लबविरुद्ध गोल गर्दै क्लबलाई रेलिगेसन हुनबाट बचाएका लामाले त्यसै खेलपछि खेल जीवनबाट सन्न्यास लिएका थिए ।

आफ्नो नयाँ जिम्मेवारीको बारेमा हाम्रो खेलकुदससँग अवसरले लामाले आफुलाई अपग्रेड गर्ने अवसर रहेको बताए । क्लबका लागि नयाँ जिम्मेवारी निभाउने मौका पाएकोमा उनी राम्रो वातावरण बनाउने सोचमा छन् ।

‘यो मेरो लागि ठूलो अवसर हो’, उनले हाम्रो खेलकुदसँग भने, ‘एउटा कर्तव्य निभाउने मौका पाइरहेको छु । नयाँ जिम्मेवारी निर्वाह गर्दा गर्दै क्लबलाई एउटा योगदान दिन सक्ने, राम्रो नतिजा दिन सक्ने, वातावरण बनाउन सक्ने र मेरो लागि आफुलाई अपग्रेड गर्ने मौका हो ।’

उनले क्लबलाई प्रशिक्षण दिन लागेको यो पहिलो पटक भने होइन । आहा गोल्डकपको‌ गत संस्करणमा चर्च ब्वाइज युनाइटेड क्लबको प्रशिक्षक थिए । उनले क्लबलाई तत्काल ए डिभिजन विजेता मछिन्द्र क्लब विरुद्ध जित निकाल्दै सेमिफाइनल सम्म पुर्याएका थिए। सेमिफाइनलमा भने टोली अमेरिकी टोली भुटानी युवा खेलकुद समाजसँग पराजित थिए ।

त्यसबेला प्रशिक्षक भूमिका निरन्तरता दिने र खेल जीवनमा बिट मार्ने सोच बनाएपनि थ्रीस्टार क्लबको अनुरोधमा उनी पुनः मैदान फर्किएको बताए ।

‘आफ्नो शारीरिक अवस्था र चोट हरुका कारण पटक मेरो फुटबल बाट आराम लिएर टेक्निकल भाग सम्हाल्ने मेरो सोच थियो ।त्यहि अनुसार काम गरिरहेको थिए”, उनले भने, “तर थ्रीस्टार क्लबमा खेलाडीको कमी भइसकेपछि गरेको अनुरोधमा मैले खेल्ने निधो गरे थिए।’

यसपटक थ्रीस्टारले विराज महर्जनको कप्तानीमा युवा टोलीलाई पोखरा लगेको छ । यो टोली अहिलेको लागि मात्र नभई भविष्यको लागि टोली तयार गर्ने सोच रहेको लामाले बताए ज । लिग हुने टुंगो नभएपनि टोली भने दीर्घकालीन सोचका साथ टोलीको निर्माण गर्ने क्रममा छ।

‘ यो टिम चाहिँ क्लबले यो टूर्नामेंटको लागि मात्र नभएर आउने वर्षहरुको लागि पनि भनेर बनाउने कोशिस गरेका हो’, उनले थपे , ‘यसमा अब परिमार्जन त भइनैरहन्छ। तत्काल नतिजा भन्दा पनि दीर्घकालिन सोचेको भएर मेहेनत गरिरहको छौं । यो टिमले राम्रो नतिजा दिन्छ भन्ने विश्वास छ ।’

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.