default_image

8 months ago

January 22, 2024

ताजिकिस्तान पहिलो पटकमै नकआउटमा, कतार समूह विजेता

1075 views

0 Bookmark

एजेन्सी – एसियन कप इतिहासमा पहिलो पटक छनोट भएको ताजिकिस्तानको कतार यात्रा समूह चरण भन्दा बढी लम्बिने भएको छ । आज भएको खेलमा १० जनामा सिमित लेबनान विरुद्ध २–१ को जित निकालेर ताजकिस्तान समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको हो ।

ताजिकिस्तानले पुनरागमनका साथ खेलमा जित हासिल गरेको थियो । बासेल ज्रादिले ४७औं मिनेटमा गोल गर्दै लेबनानलाई खेलमा अग्रता दिलाएका थिए । कस्सेम एल जैन ५७औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिन पुगेपछि लेबनान १० खेलाडीमा सिमित भएको थियो । त्यसको फाइदा उठाउँदै ताजिकिस्तान २ गोल फर्काउन सफल भएको थियो ।

पार्भिजहोन उमारबाएभले ८०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा एहसोन पान्जसान्बेको क्रसमा नुरिदिन खाम्रोकुलोभले सुन्दर हेडर गोल गर्दै ताजिकिस्तानलाई जित तर्फ डोहोर्याए ।

सोही समूहमा भएको अर्को खेलमा कतारले चीनलाई १–० लाई हराएको थियो । ६६औं मिनेटमा मोहम्मद अल–हेडोसले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेलमा कतारलाई जित दिलाए । कतार यसअघि नै अन्तिम १८ मा पुगिसकेको थियो ।

कतार सतप्रतिशत नजिता सहित ९ अंकका साथ समूह विजेता रह्यो । ताजिकिस्तानको ३ खेलमा ४ अंक रह्यो । चीन २ अंक सहित तेस्रो र लेबनान १ अंक सहित समूहको पुछारमा रह्यो । चीन अन्तिम १६ मा पुग्ने नपुग्ने निर्णयका लाग समूह चरणका अन्य खेल कुर्नु पर्ने छ । छ समूह मध्ये तेस्रो स्थानमा रहने ४ उत्कृष्ट टोली १६ मा पुग्ने छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.