1 year ago
January 22, 2024
दिपक बोहरा, इलाम
ए डिभिजन क्लब न्यू रोड टिम (एनआरटी) इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सि डिभिजन टोलीसर्लाहीको बागमती युवा क्लबलाई सोमबार टाइब्रेकर ४-३ ले हराउँदै एनआरटीले अन्तिम ४ को यात्रा गरेको हो । एनआरटी पहिलो पटक इलामको मैदानमा उत्रिएको हो ।
ठूलो टुँडिखेलमा आज तेस्रो क्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त १५ मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । बागमतीका कप्तान देवा गुरुङको प्रहार एनआरटीका प्रिसोले रोकेका थिए भने निर्मल घिसिङको प्रहार बाहिरिएको थियो।
बागमतीका लागि विमल घिसिङ, आयुष रानामगर र अभिषेक महतोले गोल गरेका थिए । यस्तै, एनआरटीका सनम लिम्बू, सरोज तामाङ, सुमित श्रेष्ठ र जय गुरुङले गोल गरेका थिए ।
म्यान अफ द म्याच बागमतीका आयुष रानामगरले ५ हजार रुपैयाँ प्राप्त गरे । रेडहर्स फुटबल क्लबको आयोजनामा जारी गोल्डकपमा मंगलबार एनएसएल टिम बुटबल लुम्बिनी एफसी र पाँचथर फुटबल क्लबबीच हुनेछ । गोल्डकपको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]