default_image

8 months ago

January 22, 2024

उच्चको एन्फालाई अल्पकालिन अन्तरिम आदेश

808 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । सुदर्शनदेव भट्ट र रमेशराज पोखरेलको संयुक्त इजलासले माघ ९ गते सम्म बोलपत्र खोल्ने कार्य नगर्नु नगराउन आदेश जारी गरेको छ ।

राष्ट्रिय फुटबल टोलीको जर्सी र किट्सहरुका लागि एन्फाले पटक पटक गरिएको बोलपत्र खोल्ने काम रोक्न राजन केसीले दायर गरेको रिटमा उच्च अदालतले अल्पकालिन आदेश जारी गरेको हो ।

अघिल्लो बोलपत्र रद्द गरी अर्को बोलपत्र पेश गर्न पुस १३ गते सुचना प्रकाशित गरिएको कार्य तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेश माग गरेको सम्बन्धमा मिति २०८० माघ ९ गते छलफल भएकोले त्यस दिन सम्म बोलपोत्र नखोल्न अल्पकालिन आदेश जारी भएको हो । संयोग एन्फाको विशेष साधारण सभाकै दिन उच्च अदालतबाट अन्तरकालिन अन्तरिम आदेश जारी भएको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.