default_image

9 months ago

January 22, 2024

बायर्न घरेलु मैदानमै स्तब्ध

441 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदार तथा साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा स्तब्ध बनेको छ । बायर्न घरेलु मैदानमा वेडर ब्रेमेनसँग १–० ले स्तब्ध बनेको हो ।

बायर्नलाई स्तब्ध पार्न ब्रेमेनका मिचेल वेइसेरले दोस्रो हाफका गरेको गोल नै निर्णायक बन्यो । एलिएन्ज एरिना म्युनिखमा आइतबार राति भएको खेलमा खेलभर नै पाहुना टोलीमाथि बल पोेसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बायर्नले यो सिजनको बुन्डेसलिगामा दोस्रो हार बेहोर्न पुग्यो ।

खेलको २५औं मिनेटमा ब्रेमेनका जस्टिनले गोल गरेपनि भिएआरमा गोलको मुभमा फउल देखिदा गोलले मान्यता पाएन । ५९औं मिनेटमा मिचेल वेइसेरले गोल गरेपछि बायर्न खेलमा पछि पर्यो ।

एक गोलले पछि परेको बायर्नले लगातार अवसर सिर्जना गरेपनि ब्रेमेनको बलियो रक्षापङ्त तोड्न नसक्दा पराजित हुन पुग्यो । ह्यारी केन, जमल मुसिएला, किङ्सले कोमान, लिरोए सानेसँगै योसुवा किम्मिख, थोमस मुलर एरिक म्याक्सिम चुपो मोटिङ र लियोन गोरेट्जकाले ब्रेमेनको पोस्टमा गतिलो आक्रमण बन्न सकेन ।

यस हारले बायर्नको उपाधि यात्रामा धक्का लाग्दा शीर्षस्थानको बायर लिभरकुसनसँग ७ अंकले पछि परेको छ । यस हारसँगै दोस्रो स्थानमा रहेको बायर्नले शीर्षस्थानको बायर लिभरकुसनसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ ।

दोस्रो स्थानमा रहेको बायर्नको १७ खेलबाट ४१ अंक छ । एक खेल बढी खेलेको लिभरकुसनको ४८ अंक छ । ब्रेमेन २० अंक जोडेर १३औं स्थानमा छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.