default_image

8 months ago

January 22, 2024

अर्टिमको ह्याट्रिक, जिरोना शीर्षस्थानमा उक्लियो

1475 views

0 Bookmark

एजेन्सी – युक्रेनी फरवार्ड अर्टिमको ह्याट्रिक मद्दतमा सानदार पूनरागमन जित निकाल्दै जिरोना स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ ।

सेभियामाथि ५–१ को सानदार जित निकाल्दै जिरोनाले शीर्षस्थानमा पूनरागमन गरेको हो । त्यसअघि अल्मेरियामाथि ३–२ कोे नाटकीय पूनरागमन जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको थियो । तर, रियल लामो समय शीर्षस्थानमा रहन सकेन ।

घरेलु टोली जिरोना खेलको १०औं मिनेटमा पछि परेको थियो । इसाक रोमेरोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर, सेभियाको अग्रत तीन मिनेट पनि टिकेन ।

मोन्टिलिभी जिरोनामा आइतबार राति भएको खेलमा अर्टिमले ६ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरे । १३औं मिनेटमा पहिलो गोल गरेका अर्टिमले १५औं र १९औं मिनेटमा ह्याट्रिक पूरा गर्दा जिरोना खेलमा ३–१ ले अघि बढ्यो ।

५६औं मिनेटमा भिक्टरले साभियोको पासमा गोल गर्दै जिरोनालाई ४–१ ले अघि बढाए । ८९औं मिनेटमा क्रिष्टियन स्टुएनीले गोल गर्दै जिरोनाको फराकिलो जित सुनिश्चित गरे । यो सिजन उच्च प्रदर्शन गरिरहेको जिरोनाले २१ खेलमा १६ जित, ४ बराबरी र १ हारको नतिजा निकालेको छ ।

यस जितले शीर्षस्थानमा उक्लिएको जिरोनाको २१ खेलबाट ५२ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५१ अंक छ । पराजित सेभिया १६ अंक जोडेर रेलिगेसन जोनभन्दा एकस्थान माथि १७औं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.