default_image

9 months ago

January 21, 2024

बिर्तामोडको जितमा हिसुबको २ गोल

865 views

0 Bookmark

दिपक बोहोरा,इलाम

बिर्तामोड युनाइटेड फुटबल क्लब इलाममा जारी प्रथम एनआरएन इलाम गोल्डकप प्रतियोगितको सेमिफाइनलमा पुगेको छ । सुनसरीको राष्ट्रिय जागृति क्लबलाई आइतबार ३–० ले हराउँदै बिर्तामोड अन्तिम चारमा पुगेको हो ।

बिर्तामोडको जितमा हिसुब थपलिया २ र प्रशान्त लक्क्षमले गोल गरे । इलाम स्थित ठुलो टुँडिखेलमा अफ्रिकन खेलाडीसहित मैदान उत्रिएको जागृतीविरुद्ध हिसुबले ३५औं मिनेट गोलको खाता खोलेका थिए ।

हिसुबले ५१ औं मिनेटमा अर्को गोल गर्दै टोलीको अन्तरलाई दोब्बर पारे । खेल सकिन ४ मिनेट बाँकी रहँदा प्रशान्तले गोल गरेपछि बिर्तामोडको जित सहज बनेको थियो । म्यान अफ दी म्याच बनेका बिर्तामोडका हिसुबले ५ हजारसहित ट्रफी प्राप्त गरे ।

रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा सोमबार ए डिभिजन टोली न्यूरोड र सर्लाहीको बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरएनएको प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

Success

Thank you for your time.