12 months ago
January 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)– डिस होमको एक्सन स्पोर्टस एचडी वानमा आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
आहाको आयोजक सहारा क्लब र डिस होमबीच एक्सन स्पोर्टस एचडी वान गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रुपमा रहने सम्झौता भएको छ । आहा रारा गोल्ड कपको प्रत्यक्ष प्रसारण डिस होमको एप डिस होम गोमा पनि हुनेछ । एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो ।
आहा राराको २३ औं संस्करण मंगलबार पोखरा रंगशालामा सुरु हुँदैछ । ८ ए डिभिजन क्लब, भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउँदैछन्। आयोजक सहारा र थ्री स्टार क्लबबीच उद्घाटन खेल हुनेछ ।
प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच हुनेछ । दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागिय टोली नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच माघ १२ गते प्रतिस्पर्धा हुनेछ ।
साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको २३ औं सस्करणको फाइनल माघ २० गते हुनेछ ।
गत वर्ष फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई हराउँदै संकटाले उपाधि जितेको थियो ।
विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्नेछन् । प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा नगरपालिका यसपटकबाट प्रतियोगिताको संरक्षक रहेको छ ।
राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हंङकंङका सल्लाहकार एंव कानुन व्यवसायी देव गुरुङ बिशेष सहयोग रहेको छ।
प्रतियोगिताको अफिसियल बैंक– लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स –बुद्ध एयर रहँदै आएका छन् । उत्कृष्ट ५ विधाको पुरस्कार सुर्य बहादुर के.सी.को स्मृतिमा प्राजोजन गरिएको छ ।
राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेम बहादुर गुरुङले प्रायोजन गरेका छन् । यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा यु. के. द्वारा सौजन्य हुने प्रतियोगितामा डेढ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । २३ वर्ष देखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत हुने रकम सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]