default_image

8 months ago

January 20, 2024

बहराइनको नाटकीय जित

3214 views

0 Bookmark

एजेन्सी – अन्तिम मिनेटमा गोल गर्दै बहराइनले एएफसी एसियन कपमा पहिलो जित दर्ता गरेको छ ।

पहिलो खेलमा दक्षिण कोरिया विरुद्ध हार बेहोरेको बहराइनले दोस्रो खेलमा शनिबार मलेसिया विरुद्ध १-० को जित हासिल गर्दै ३ अंक जोडेको छ।

इन्ज्युरी समयमा अलि मदनको गोल नै निर्णायक बन्यो । बक्सको छेउबाट उनले गरेको प्रहार मलेसियाका गोलरक्षकले अन्तिम समय सम्म नदेखेपछि बचाउन सकेनन् । खेलभर राम्रो डिफेन्सिभ प्रदर्शन गरेको मलेसिया अन्तिम समयमा सम्हालिन नसक्दा लगातार दोस्रो खेल गुमाउनु पर्यो ।

जित पछि बहराइनको २ खेलमा ३ अंक भएको छ । समूहमा दक्षिण कोरिया र जोर्डनको समान ४ अंक रहँदा मलेसिया अंकविहिन छ ।

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले मलेसियाको सामना गर्दा अर्को खेल बहराइन र जोर्डनबीच हुनेछ । दुबै खेल बिहीबार हुने छन् ।

एसियन कपमा आइतबार समूह ‘एफ’ का दुई खेल हुने छन् । ओमानले साँझ ८:१५ बजे थाइल्याण्ड विरुद्ध खेल्नेछ । राति ११:१५ बजे किर्गिस्तान र साउदी अरेबिया भिड्ने छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.