default_image

8 months ago

January 20, 2024

दक्षिण कोरियाको जोर्डन विरुद्ध संघर्षपूर्ण बराबरी

2222 views

0 Bookmark

एजेन्सी – एसियन कपको दाबेदार मध्येको एक दक्षिण कोरिया समूह चरणको दोस्रो खेलमा जोर्डन विरुद्ध बराबरीमा रोकिएको छ । कतार स्थित अल थुमामा स्टेडियममा भएको खेल २–२ को बराबरीमा सकिएको छ ।

पहिलो खेलमा बहराइनलाई ३–१ ले हराएको कोरियाले जोर्डनविरुद्ध खेलमा सुरुवाती अग्रता भने लिएको थियो । नवौं मिनेटमा कप्तान सम ह्यूङ–मिनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्त्यसम्म जोर्डनले पुनरागमन गर्दै अग्रता बनाएको थियो । ३७औं मिनेटमा योङ–वु पार्कले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा याजान अल–नैमातले गोल गर्दै खेलमा जोर्डनलाई अग्रता दिलाए ।

दोस्रो हाफमा कोरियाले धेरै बल राखेर मौका बनाएपनि बराबरी गोल गर्न इन्ज्युरी समय कुर्नु पर्याे । याजान अबू अल–अरबले ह्वाङ इन–बियोमको प्रहार रोक्ने क्रममा बललाई आफ्नै जालीमा पठाएपछि कोरियाले खेलमा बराबरी गर्यो ।

जोर्डन र कोरिया दुई खेलमा समान ४ अंक भएको छ । आज साँझ ८ः१५ बजे प्रतिस्पर्धा गर्ने सो समूहका मलेसिया र बहराइन अंकविहिन छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.