default_image

9 months ago

January 20, 2024

पोखरा महानगर आहा रारा गोल्डकपको संरक्षक

292 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– सहारा क्लबको आयोजनामा पोखरामा निरन्तर सञ्चालित ‘आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता’ को पोखरा महानगरपालिका संरक्षक बनेको छ ।

२०५७ को क्याराभान त्यसपछि आहाको नाममा आयोजना भएको प्रतियोगिताको २३ औं संस्करण माघ ९ गतेबाट पोखरा रंगशालामा सन्चालन हुनेछ । घरेलु फुटबलमा आहा गोल्ड कप नियमित संचालित एकमात्र प्रतियोगिता हो ।

पोखरा महानगरपालिकाको २५ औं कार्यपालिका बैठकले ‘पोखरा गोल्डकप’ नामकरण यसको संरक्षकत्व ग्रहण गरेकामा
सहाराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा शुक्रबार बसेको क्लबको बैठकले आभार व्यक्त गरेको सहाराले जनाएको छ ।

माघ २० गते सम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा यसपटक १२ टोलीको सहभागिता रहनेछ । उद्घाटन खेल आयोजक र थ्री स्टार क्लबीच हुनेछ ।

२०६१ सालदेखि आवासीयरुपमा निशुल्क स्वास्थ्य, शिक्षा, दीक्षा लगायत फुटबल प्रशिक्षण दिँदै आएको क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ । हाल चौंथो ब्याचमा बालक भर्ना भएका छन् ।

प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम सहारा एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ ।हिमश्री फुड्स प्रालि मुख्य प्रायोजन गरेको गोल्ड कपमा अन्य थुप्रै संघ संस्थाको सहकार्य रहेको छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.