default_image

8 months ago

January 19, 2024

एसियन कपमा इन्डोनेसियाको पहिलो जित

2024 views

0 Bookmark

एजेन्सी – कतारमा जारी एएफसी एसियन कप २०२३ मा इन्डोनेसियाले पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा इराकसँग २–० लो हार बेहोरेको इन्डोनेसियाले शुक्रबार भियतनामलाई १–० ले पराजित गर्यो ।

फिफा वरियतामा १४६औं स्थानमा रहेको इन्डोनेसियाले आफू भन्दा माथि ९४औं स्थानमा रहेको भियतनामलाई हराएको हो । अस्नावी बाहरले ४२औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै इन्डोनेसियाका लागि पर्याप्ट गर्यो ।

इन्डोनेसियाको २ खेलमा ३ अंक छ । आजको पहिलो खेलमा जापानलाई २–१ ले स्तब्ध बनाएको इराकको २ खेलमा ६ अंक छ । जापान ३ अंक सहित दोस्रो छ भने पुछारमा रहेको भियतनाम अंकविहिन छ । समूह चरणको अन्तिम खेलमा जापान र इन्डोनेसिया तथा भियतनाम र इराकबीच प्रतिस्पर्धा हुनेछ ।

आज हङकङ र इरान बीचको खेल राति ११ः१५ बजे हुनेछ । दुबै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा इरानले जित दर्ता गर्दा हङकङ भने पराजित भएको थियो । सोही समूहमा आ–आफ्नो दोस्रो खेल खेलिसकेका युएईको ४ र प्यालेस्टाइनको १ अंक छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.