default_image

8 years ago

January 26, 2017

जगजित दोस्रो पटक अस्ट्रेलियन क्लबमा आबद्ध

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ एक बर्षमा दोस्रो अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन् । उनले यसै साता अस्ट्रेलियन नेसनल प्रिमियर लिग (एनपिएल) क्लब भिक्टोरियाको सनसाइन जर्ज क्रस एफसीसँग सम्झौता गरेका छन् ।

jagajeet-shrestha

झन्डै ९ महिनाका लागि सम्झौता गरेपछि उनले पारिश्रमिक भने खुलाउन चाहेनन् । ‘पारिश्रमिक गोप्य राख्ने सहमति छ ’जगजितले हाम्रो खेलकुदसँग भने, ‘तर यसअघिको अर्को क्लबमा भन्दा राम्रो छ । ’

यसै बर्षको सुरुआत तिर अस्ट्रेलिया पुगेका जगजितले साउनमा भिक्टोरिया स्टेटको बी डिभिजन टोली ह्युम युनाइटेड एफसीबाट तीन महिना खेलेका थिए । त्यति बेला उनले १ हजार ५ सय अमेरिकी डलर मासिक पारिश्रमिक लिन्थे । गैर अस्ट्रेलियन २ खेलाडी राख्न पाउने प्रावधान अनुसार जर्जले उनलाई क्लबमा समेटेको हो ।

फेब्रुअरी ४ बाट सुरु हुने लिगका लागि जगजित उत्साहित छन् । ‘अहिले हामी प्रशिक्षणमा छौं । प्रशिक्षण राम्रो भइरहेको छ’ मनाङ, रुस्लान थ्री स्टार, फ्रेन्ड्स क्लब र हिमालयन शेर्पाबाट खेलिसकेका जगजितले भने, ‘पहिला भन्दा अझै राम्रो मौका पाएको छु । म टोलीलाई सफल बनाउन आफ्नो तर्फबाट सतप्रतिसत दिनेछु ।’ केही बर्षअघि हिमालयन शेर्पाको पहलमा उनी जर्मनी गएर केही साताको अभ्यास गरेर फर्केका थिए ।

नेपालले गत बर्ष दुई महत्वपूर्ण उपलब्धी हासिल गर्दा जगगित पनि टोलीका सदस्य थिए । फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुदमा यू २३ ले स्वर्ण पदक जित्नुअघि राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दा जगजित टोलीमा थिए । दुई महिना अघि नेपालले एएफसी सोलिडारिटी कप जित्दा भने उनी टोलीमा थिएनन् ।

jagajeet-shrestha-2

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

November 16, 2024

रोनाल्डोको २ गोलसँगै पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको २ गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहँदै क्वाटरफाइनल पुगेको पोर्चुगलले शुक्रवार पोल्यान्डलाई ५-१ ले हरायो । मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोबाहेक राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । पोर्चुगल लिग ए को समूह १ मा ५ खेलमा […]

Success

Thank you for your time.