default_image

8 months ago

January 18, 2024

कतार एसियन कपको अन्तिम १६ मा

565 views

0 Bookmark

एजेन्सी – लगातार दोस्रो जित निकाल्दै कतार घरेलु भूमिमा भइरहेको एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

१० खेलाडीमा सिमित ताजिकिस्तानलाई बुधबार १-० ले हराएपछि कतार लगातार २ खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको हो ।

अक्रम अफिफले १७औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । अफिफले लेबनान विरुद्धको जितमा २ गोल गरेका थिए।

८१औं मिनेटमा अमादोनी कामोलोभले रातो कार्ड पाएपछि ताजिकिस्तानले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो ।

त्यस्तै बुधबार नै भएको सोही समूहको‌ पहिलो खेलमा चीन र लेबनानले गोलरहित बराबरी खेलेका थिए ।

२ चरणको खेलपछि समूह ए मा कतारको ६ अंक रहेको छ । चीनको २ अंक तथा ताजिकिस्तान र लेबनान समान १-१ अंकको छ ।

एसियन कपमा बिहीबार ३ खेल हुँदै छन् । साँझ ५:१५ बजे समूह बीमा रहेका सिरिया र अष्ट्रेलिया भिड्ने छन्। सोही समूहको भारत र उज्वेकिस्तानबीचको खेल साँझ ८:१५ बजे सुरु हुनेछ । राति ११:१५ बजे समूह सीको खेलमा प्यालेस्टाइन र युएई आमने सामने हुन्छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.