default_image

8 months ago

January 17, 2024

केपी ओली कपमा भारत र भुटानका क्लब पनि खेल्ने

922 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगितामा भारत र भुटानका क्लबपनि खेल्ने भएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्ने केपी अली कप फागुन ११ गतेदेखि १९ गतेसम्म काठाडौंमा आयोजना हुँदैछ ।

प्रतियोतितामा नेपालका ए डिभिजन लिगका क्लब र विदेशि क्लबहरु सहभागी हुने अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । प्रतियोगितामा भारत र भुटानका क्लब पनि सहभागि हुने जनाइएको छ । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

खेलकुद र मनोरन्जन मार्फत युवाहरुमाझ प्रवाभकारी ढंगले कुरा राख्न सकिने भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष क्षेवेले बताए । पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थेवेले सरकारले खेलकुद क्षेत्रलाई ध्यान नदिइरहेको बेला युवा संघले ऐतिहासिक प्रतियोगिता गर्न लागेको बताए । गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.