default_image

8 months ago

January 16, 2024

नेपालले वाफ महिला च्याम्पियनसिप खेल्ने

1854 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले यसै वर्ष साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको आपतकालीन समिति बैठकले प्रतियोगिताका लागि टोली पठाउने निर्णय गरेको हो । प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुनेछ । प्रतियोगितामा नेपाली टोली आमन्त्रित टोलीमध्ये एक हुनेछ ।

वाफ महिला च्याम्पियनसिप पश्चिम एशियाली फुटबल महासंघद्वारा आयोजित प्रतियोगिता हो । जोर्डनले यस प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने युएईले दुई पटक जितेको छ ।

जोर्डन, लेबनान, इराक, प्यालेस्टाइन, साउदी अरेबिया, सिरिया र गुआम यसअघि नै सहभागी हुने पक्का भइसकेको छ । गुआमपछि नेपाल दोस्रो आमन्त्रित टोली हुनेछ । गुआम पूर्वी एसियाली फुटबल महासंघ (ईएएफएफ) को सदस्य हो।

आठ टोलीलाई चार-चार टोली गरी दुई समूहमा विभाजन गरिने आँकलन रहेको छ । २०२२ मा भएको पछिल्लो संस्करणमा चार टोलीमात्र सहभागी थिए । सो संस्करण राउण्ड रोबिन पद्दतिमा खेलाइएको थियो । घरेलु मैदानमा शतप्रतिशत जितसहित जोर्डनले प्रतियोगिता जितेको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.