default_image

9 months ago

January 16, 2024

माउरिन्हो बर्खास्त

1155 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे माउरिन्हो बर्खास्त भएका छन् । रोमाले माउरिन्हो र उनको कोचिङ स्टाफहरुलाई बर्खास्ती गरेको सार्वजनिक गरेको छ ।

सन् २०२१ मेमा रोमाले माउरिन्होलाई क्लबको ६० औं प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो । उनले नेतृत्वमा रोमाले २०२२ मा तिरानामा भएको फाइनलमा कन्फरेन्स लिगको उपाधि जितेको थियो । गत सिजन बुडापेस्टमा युरोपा लिगको फाइनलमा रोमा पराजित भएको थियो ।

‘हामी सबैको तर्फबाट जोसेलाई उहाँको जोश र क्लबमा दिएको प्रयासका लागि लागि धन्यवाद दिन चाहन्छौं,’ क्लबले भनेको छ ।

रोमाले उनको कार्यकालको उत्कृष्ट सम्झनाहरू रहने उल्लेख गर्दै अगाडि भनेको छ, ‘तर हामी विश्वास गर्छौं कि तत्काल परिवर्तन क्लबको हितमा छ। हामी जोसे र उनका सहयोगीहरूलाई उनीहरूको भविष्यका लागि शुभकामना दिन्छौं ।’

रोमा हाल २० खेलमा २९ अंक सहित सेरी ए को नवौं स्थानमा र छ । गत सिजन र त्यस अघिका दुवै सिजनमा भने रोमा लिगमा छैठौं स्थानमा रहेको थियो।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.