1 year ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) सिइओ नियुक्ती विरुद्ध एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले उजुरी दिएका छन् ।
एन्फा कार्यसमितिको पुस २ गते बैठकले एन्फाका पूर्व महासचिव समेत रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई सिइओ नियुक्त गरेको थियो। त्यसको ठिक एक महिनापछि गैरकानुनी नियुक्ती भन्दै मंगलबार एन्फा अपिल कमिटीमा वरिष्ठ उपाध्यक्ष खड्काले उजुरी दर्ता गराएका हुन्। उनले सिइओ नियुक्ती बदर गर्न माग गरेका छन् ।
२०७९ फागुन १७ गतेको कार्यसमितिको बैठकले सिईओ (अधिकृत प्रथम) नियुक्ती सम्बन्धमा सूचना प्रकाशित गर्ने र पदपूर्ति समिति समेत गठन गरेको अवस्थामा सचिवालयले उक्त निर्णयलाई कार्यन्वयन नगरी प्रक्रिया अगाडि नबढाएको र कर्मचारी सेवा सर्त नियमावली २०७७ को विपरित छ नियुक्ती भएको खड्काले अपिल कमिटीलाई बुझाएको पत्रमा उल्लेख छ।
त्यसमा भनिएको छ, ‘पदपूर्ति समितिले विज्ञापन पश्चात शैक्षिक योग्यता र अनुभवको मुल्यांकन विज्ञहरुको उपस्थितिमा निर्णय गराई उक्त निर्णयलाई संघको विधानको धारा ३८ (छ) अनुसार अनुमोदन गराउनु पर्नेछ।’
खड्काले सिइओ नियुक्ती राजनितिक स्वार्थ पूर्ति गर्न भएको आरोप लगाएका छन् ।
‘सुरुको प्रक्रियाहरु पुरा नगरी आफ्नो राजनितिक स्वार्थ पूर्ति गर्नको लागि धारा ३८ को छ लाई अपव्याख्या गरेको देखिन्छ साथै कार्यसमितिमा सिईओलाई दिने सुविधा प्रतिमहिना १ लाख ५ हजार रुपैयाँ र नियुक्ती सम्बन्धि प्रस्ताव कार्यसमितिका पदाधिकारीहरुलाई वितरण नै नगराई जबरजस्ति निर्णयमा उल्लेख गरेकोले बदर गरि दिनु हुन अनुरोध गर्दछु,’ पत्रमा उल्लेख छ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]