default_image

8 months ago

January 16, 2024

मेस्सीलाई फिफा द वेस्ट अवार्ड

549 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिना कप्तान लियोनल मेस्सी र स्पेनी ऐटाना बोनमटी फिफा द वेस्ट २०२३ अवार्ड जितेका छन् ।

सोमबार लन्डनमा आयोजना भएको कार्यक्रममा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेलाई पछि पार्दै इन्टर मायामीका मेस्सीले अवार्ड जितेका हुन्।

सिटीका इडरसनले गोलकिपरको अवार्ड जिते भने । सिटीकैे पेप ग्वार्डिओलाको उत्कृष्ट प्रशिक्षक चुनिए।
सिटीले गत सिजन प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप गरि तेहेरो उपाधि जितेको थियो।

मेजर लिग सकर (एमएलएस) क्लब मायमीमा आबद्ध हुनुअघि मेस्सी पिएसजीमा थिए। उनले तेस्रो पटक फिफा द वेस्टमा अवार्ड जितेका हुन्। यस अघि सन् २०१६ र २०२२ मा पनि अवार्ड जितेका थिए। 

पिएसजीबाट ९ गोल गर्दै फ्रेन्च लिग वान उपाधि जितेका मेस्सीले मायमीबाट १० गोल गर्दै लिग कप उपाधि उचालेका थिए। हालान्ड गत सिजन उच्च फर्म थिए। प्रिमियर लिगमा ३६ गोलसहित उनले कीर्तिमानी ५२ गोल गरेका थिए।

राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र फिफाको वेभसाइटमा प्रशंसकहरुबाट प्राप्त भोटको आधारमा अवार्डको विजेता घोषणा गरिन्छ। ‍मेस्सी बालन डि’ओर का कीर्तिमानी ८ पटकका‌ विजेता हुन् ।

बालेन डि’ ओर कि विजेता रहेकी बोनमटीले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.