default_image

8 months ago

January 15, 2024

सेनेगलको सहज जित

434 views

0 Bookmark

एजेन्सी – आइभरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्स (एफकन) मा सोमबार पहिलो खेलमा सेनेगलले सहज जित दर्ता गरेको छ ।

समूह ‘सी’को खेलमा सेनेगलले १० खेलाडीमा सिमित गाम्बिया माथि ३–० ले हराएको छ । सेनेगलका लागि लामिन कमाराले २ र पापा गेयेले १ गोल गरे । चौथो मिनेटमा नै सेनेगलले खेलमा अग्रता लियो । स्टार खेलाडी तथा कप्तान साडियो मानेको पासमा गेयेले गोल गरे ।

पहिलो हाफको अन्तिम समयमा इबु एडम्सले रातो कार्ड पाएपछि गाम्बियाले १० खेलाडीमा सिमित भएर खेल्नु पर्यो । ५२औं मिनेटमा सेनेगलले अग्रता दोब्बर गर्यो । एस्माइला सारको पासमा कमाराले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले नै ८६औं मिनेटमा इलिमान एन्डियाएको पासमा गोल गर्दै जित निश्चित गरे ।

सोही समूहका क्यामरुन र गिनी आज १०ः१५ बजे भिड्दै छन् । राति १ः४५ बजे हुने खेलमा अल्जेरिया र एंगोला भिड्ने छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.