default_image

9 months ago

January 15, 2024

पिएसजीको जितमा एमबाप्पेको गोल

302 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा आइतबार जित निकालेको छ। पिएसजीले आइतबार १० खेलाडीमा सीमित लेन्सलाई २-० गोलले हराएको हो ।

पिएसजीलाई जित दिलाउन ब्राइली बार्कोला र केलियन एमबाप्पेले गोल गरेका थिए। खेल सुरु भएको ७ मिनेटमा नै लेन्सले अग्रता लिने मौका पाएको थियो। तर टोलीले पेनाल्टीमा गोल गर्न सकेन ।

खेलको ३० औं मिनेटमा एम्बाप्पेको पासमा बार्कोलाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा जोनाथन ग्राडिटले रातो कार्डको‌सामना गरेपछि लेन्स १० खेलाडीमा सीमित भएको थियो।

खेल‌ सकिन‌ १ मिनेट बाँकी रहँदा एम्बाप्पेले गोल गर्दै टोलीको जित निश्चित गरेका थिए । लिग वानमा त्यो‌ उनको १९ औं गोल हो ।

१८ खेलमा ४३ अंकसहित पिएसजी तालिकाको शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको‌ नाइसको भन्दा पिएसजीको ८ अंक बढी छ। लेन्स २६ अंकका साथ आठौं स्थानमा छ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.