1 year ago
January 15, 2024
एजेन्सी – क्याटलान क्लब बार्सिलोनामाथि सानदार जित निकाल्दै रियल म्याड्रिड स्पेनिस सुपर कपको च्याम्पियन बनेको छ ।
स्पेनिस ‘एल क्लासिको’ मा ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरले ह्याट्रिक पूरा गरेपछि साविक विजेता समेत रहेको बार्सिलोनालाई ४–१ ले पराजित गर्दै रियल च्याम्पियन बन्न सफल भएको हो ।
साउदी अरेबियाको अल अवाल पार्क किङ साउद युनिभर्सिटकिो आइतबार राति भएको खेलमा भिनिसियसले ह्याट्रिक पूरा गर्दा रोड्रिगोले एक गोल थपे । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा नै भिनिसियसको गोलबाट रियलले १–० को अग्रता लिन सफल भयो । जुड बेलिङहमले मैदानको मध्यभागबाट दिएको चलाखीपूर्ण पासलाई भिनिसियसले अफसाइड बिट गर्दै गोलरक्षक पेनालाई बिट गर्दै सहजै गोल गर्न सफल भए ।
त्यसको तीन मिनेटपछि नै भिनिले अर्काे गोल थप्दै रियलको अग्रता दोब्बर पारे । नाँचो फर्नान्डेसको लामो पासलाई रोड्रिगोले नियन्त्रणमा लिदै वान भर्सेस वानकै अवस्थामा आँफैले प्रहार गर्ने सक्ने स्थितिमा भिनिसियसलाई पास दिएका थिए ।
३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत देखाए । बाल्डेको क्रसलाई नाचो फर्नान्डेसले हेडमार्फत क्लियर गर्ने प्रयास गरेपनि असफल हुँदा लेवान्डोस्कीले बल भेट्दै गरेको भली प्रहारलाई रियलका गोलरक्षक लुनिनले बचाउने कुनै मौका नै पाएन ।
३९औं मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै रियलले पहिलो हाफमा ३–१ को अग्रता बनायो । ड्यानी कार्भाहलको क्रसलाई नियन्त्रणमा लिने क्रममा रोनाल्ड एराउजोले पेनाल्टी बक्समा भिनिसियसलाई फउल गर्न पुगेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा भिनिसियस चुकेनन् र ह्याट्रिक पूरा गरे ।
यससँगै भिनिसियस ‘एल क्लासिको’ मा पहिलो हाफ (३९ मिनेट) भित्र ह्याट्रिक गर्ने यस शताब्दीको पहिलो खेलाडी बनेका छन् । पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले गोल अन्तर कम गर्ने अवसर गुमायो ।
इल्केए गुन्डोगानको कर्नरलाई गोलरक्षक लुनिनले पञ्च गर्दा रिवाउन्डमा पेड्रीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६४औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४–१ को आरामदायी अग्रता दिलाए । खेलमा पछि परेको बार्सिलोना ७१औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्दा खेलमा फर्कने सम्भावना पनि टाढियो ।
भिनियिसस जुनियरमाथि अर्काे फउल गरेपछि रेफ्रीले एराउजोलाई दोहोरो पहेलो कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि बार्सिलोना थप समस्यामा पर्यो । त्यसपछि परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका जोआओ फेलिक्सले केही प्रयास गरेपनि गोलरक्षक लुनिन बाधक बन्दा बार्सिलोना खेलमा फर्कन नसक्दा पराजित हुन पुग्यो ।
यस जितसँगै रियलले अघिल्लो वर्ष फाइनलमा हारेको हारको बदला लिन सफल भएको छ । त्यसबेला रियल ३–१ ले पराजित भएको थियो ।
पछिल्लो ५ वर्ष अर्थात चार टोलीबीचको अवधारणा पछि चाैथाे फाइनल खेल्दा रियलकाे याे तेस्रो सुपर कप उपाधि हो । यसअघि रियलले सन् २०१९–२० र २०२१–२२ को सिजनमा उपाधि जितेको थियो । रियल २०२०–२१ मा सेमिफाइनलमा पराजित हुँदा गत संस्करणमा फाइनलमा पराजित भएको थियो ।
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले सर्वाधिक १४ पटक जितेको छ । त्यसपछि रियलले १३ पटक जितेको छ । स्पेनिस सुपर कप ला लिगाका शीर्ष दुई टोली तथा कोपा डेल रेका दुई टोलीबीच खेल्ने प्रावधान छ । ला लिगा र कोपा डेल रे जित्ने एकै टोली भएमा ला लिगामा तेस्रो भएको टोलीले सुपर कपमा स्थान बनाउनेछ ।
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न साधारण सभामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् । सहिद स्मारक बि डिभिजन लिगमा बढुवा भएको आरसी ३२ को प्रतिनिधिका रुपमा थापाले बैशाख २६ गते हुने साधारण सभामा भाग लिने भएका हुन् । यो साधारण सभामा आरसी ३२ ले सी डिभिजन […]
April 28, 2025
नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा पुलिसले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १-१ गोल गरे […]
April 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका लागि ३० खेलाडी डाकिएका छन्। टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओसविरुद्धको खेलका प्रारम्भिक टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ । नेपालले जेठ २२ गते (जुन ५) हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने छ । […]