default_image

8 months ago

January 12, 2024

कतारमा एएफसी एसियन कप आज सुरु हुँदै

2252 views

0 Bookmark

एजेन्सी – एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एएफसी एसियन कप २०२३ कतारमा आज सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक कतार र लेबनानबीचको नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । खेल सन् २०२२ मा विश्वकपको फाइनल भएको लुसेल रंगशालामा हुनेछ ।

कतार प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । २०१९ मा अबुधाबीमा भएको फाइनलमा एसियाली पावरहाउस जापानलाई पराजित गर्दै कतारले उपाधि जितेको थियो ।

हाजिमे मोरियासुको नेतृत्वमा फेरि एकपटक जापान प्रतियोगिता जित्ने दाबेदारका‌ रुपमा रहेको छ । खेलाडी र प्रशिक्षक दुबैका रूपमा एसियाली उपाधि जित्ने पहिलो व्यक्ति बन्न खोजेका मोरियासुले विश्वकपमा स्पेन र जर्मनीमाथि प्रभावशाली जित दर्ता गर्दा र मैत्रीपूर्ण खेलमा जर्मनीलाई ४-१ ले पराजित गर्दा जापानी टोलीसँगै थिए ।

दक्षिण कोरियाका मुख्य प्रशिक्षक योर्गन क्लिन्सम्यान टोलीको ६४ वर्ष लामो उपाधि खडेरी अन्त्य गर्न खोजिरहेका छन् । २०१९ मा सेमिफाइनलमा पुगेको इरानले पनि उपाधि जित्ने लक्ष्यमा छ । २०१५ मा घरेलु मैदानमा विजेता र २०२२ मा विश्वकपको प्रि क्वार्टरफाइनलमा पुगेको अष्ट्रेलियाले पनि आफूलाई प्रतियोगिताको दाबेदारको रूपमा प्रस्तुत गर्नेछ।

४ संस्करणमा तेस्रो पटक छनोट भएको भारतले ठूलो प्रतियोगितामा आफ्नो अवसरको सदुपयोग गर्न खोज्नेछ । उग्र युद्धबाट गुज्रिरहेको भए पनि र गाह्रो परिस्थितिको बाबजुद प्यालेस्टाइनले पनि २४ टोलीको सहभागिता रहेको प्रतियोगितामा छनोट हुन सफल भएको छ । एसियाको नजर यो टोलीमा समेत हुनेछ ।

चीनले ‘शून्य-कोभिड’ नीतिको कारण आयोजकबाट नाम फिर्ता लिएपछि कतारले ६८ वर्षको इतिहासमा तेस्रो पटक प्रतियोगिताको आयोजना गर्दैछ ।

गत वर्ष कतारमा भएको विश्वकप आयोजना गर्नु, युएई र साउदी अरेबियामा बढेको लगानी र २०३४ को विश्वकप आयोजना गर्ने साउदीलाई अवसर मिलेपछि मध्यपूर्व विश्व आर्थिक फुटबल महाशक्ति बन्ने क्रममा रहेको‌ मान्न सकिन्छ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.