1 year ago
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)– थ्री स्टार क्लबका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले गरेको निर्णयकाविरुद्ध एपिएफ फुटबल क्लबले अपिल कमिटीमा उजुरी दिने भएको छ ।
गत जेठमा सहिद स्मारक ए डिभिजन लिगको खेलका दौरान जेठ २८ गते दशरथ रंगशाालामा जावलाखेल युथ क्लबविरुद्धको खेलमा थ्री स्टारबाट दुई विदेशी खेलाडीले विना भिसा खेलेको प्रमाणित भएपछि त्यस विषयमा जरिवाना गर्ने एन्फाको अनुशासन समितिले निर्णय गरेको थियो । एपिएफकै उजुरीमा अनुशासन समितिले छानविन प्रक्रिया अघि बढाएको थियो ।
अनुशासन समितिको पुस १५ गते बसकेको बैठकले थ्री स्टार र ती दुई विदेशी खेलाडी अजयी मार्टिन्स र पिटर सेगुनलाई श्रम स्वीकृती भएपनि विना भिसा खेलेको खेलाएको भन्दै जरिवाना गर्ने निर्णय गरेको बताइएको छ ।
एन्फाका महासचिव किरण राईले पुस १९ गते एपिएफलाई पठाएको पत्रमा एन्फाको विधान त्यसको अधिनमा बनेको सहिद स्मारक ए डिभिजन लिग फुटबको नियमावली समेतको व्यवस्थाका आधारमा मार्टिन्स र सेगुनले आफ्नो दायित्व पूरा नगरेको भन्दै जनही ५० हजार रुपैयाँ जरिवाना गराउने कारवाही भएको जानकारी गराएका छन् ।
सोही पत्रमा त्यस्तै विना भिसा तथा विना श्रम स्वीकृति खेलाडीहरू सहभागी गराउने थ्री स्टार क्लबले पनि आफ्नो दायित्व पूरा नगरेको पाइएकाले विधान बमोजिजम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।
तर त्यो निर्णय प्रति आफूहरु सन्तुष्ट नरहेका कारण अपिल कमिटीमा जाने तयारी भइरहेको एपिएफ फुटबल क्लबका कोषाध्यक्ष विजय केसीले जानकारी दिए ।
जावालखेलविरुद्ध १–० को जितपछि थ्री स्टारको ए डिभिजन हैसियत जोगिएको थियो भने एपिएफ बी डिभिजनमा घटुवा भएको थियो । थ्री स्टारले गैरकानुनी रुपमा खेलाडी खेलाएका कारण त्यो खेलको नतिजामा पनि कारवाही स्वरुप थ्री स्टारलाई ३–० ले हारेको निर्णय गर्नुपर्ने एपिएफले माग दाबी गर्दै आएको थियो ।
‘थ्री स्टारले गल्ती गरेको एन्फाले स्वीकार गरेको छ । तर कारवाही भने आधा मात्र भएको छ ,’ कोषाध्यक्ष केसीले भने, ‘निर्णय अधुरो भएकोेलेले हामी त्यसको विरुद्धमा एन्फाकै अपिल कमिटीमा उजुरी गर्नेछौं ।’
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]