default_image

1 year ago

January 7, 2024

मध्यपुर कारवाही प्रकरण – एन्फाकै निर्णयविरुद्ध बहुमत

1050 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ‘बी’ डिभिजन क्लब मध्यपुर युथ एसोसियसनलाई कारवाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को आफ्नै निर्णयविरुद्ध कार्यसमितिका बहुमत सदस्य एक ठाँउमा उभिएका छन् ।

एन्फा कार्यसमितिको पुस २ गतेको बैठकले मध्यपुरलाई कारवाही गर्ने क्रममा एन्फाले आयोजना गर्ने सम्पूर्ण गतिविधिमा सहभागी नगराउने निर्णय गरेको थियो । एन्फाका वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्य गरि ११ जना मध्यपुरको कारवाहीविरुद्ध उत्रिएका छन् ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी, केन्द्रीय सदस्यहरू पेमा डोल्मा लामा रविन्द्र चन्द, रमेश व्यन्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल, मनीष जोशी र मणिराज विष्टले संयुक्त रुपपमा हस्ताक्षर गर्दै मध्यपुरविरुद्धको निर्णयमा असहमती आइतबार एन्फामा दर्ता गराएका छन् । एन्फामा २१ सदस्यीय कार्यसमिति निर्वाचित छ । जसका कारण मध्यपुरविरुद्धको निर्णय अल्पमतमा परेको छ ।

‘मध्यपुर युथ एसोसियसनको निर्णय सम्बन्धमा बचाउको मौका, स्पष्ट कानुनी आधार आदि वेगर पूर्वाग्रहीपूर्ण ढंगले मध्यपुर युथ एसोसिसनलाई कुनै पनि फुटबल खेल गतिविधिमा सहभागीता नगराउने निर्णय एन्फा विधान विपरित छ,’ असहमती पत्रमा भनिएको छ, ‘कार्यसमितिलाई एन्फाको सदस्य क्लबको फुटबल खेल गतिविधिमा सहभागीता हुने अधिकार खोस्ने कानुनी अधिकार छैन । जुन एन्फाको विधानको धारा १४ (१) (ङ) र (च) एन्फा सदस्यहरुको अधिकारमा प्रतियोगितामा भाग लिन र एन्फा गतिविधि सम्बन्धमा अधिकार सम्बन्धि सुनिश्चित गरेको छ ।’

एन्फाको विधान र प्रचलित व्यवस्था अनुरुप मध्यपुरको हकमा भएको निर्णयमा आफूहरुको असहमती रहेको भन्दै केन्द्रीय समितिका ११ जनो बदर गर्न अनुरोध गरेका छन् । दुई साता अघि मध्यपुरविरुद्धको निर्णय यथाशीघ्र फिर्ता नगरे सम्म बी डिभिजन क्लबहरुले एन्फाले आयोजना गर्ने कुनै पनि गतिविधिमा भाग नलिने धम्की दिएका थिए ।

बी डिभिजन संयोजक कुमार राजभण्डारीको नेतृत्वमा बीका १४ मध्ये १२ क्लबका प्रतिनिधिको मध्यपुर माथि को कारवाही यथाशीघ्र सच्चाउन माग गरेको थियो । एन्फाको विशेष साधारण सभा रोक्न मध्यपुर अदालत गएको कारण देखाउँदै एन्फाले कारवाही गरेको थियो ।

मध्पयुरका सह सचिव सुनिल श्रेष्ठले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित महासचिव किरण राई र र प्रवक्ता सरेश शाहलाई विपक्षी बनाई असोज २५ गते रिट दायर गरेका थिए । पाटन उच्च अदालतले कात्तिक १६ गते अन्तरिम आदेश जारी नहुने आदेश गरेपछि कात्तिक २३ गते एन्फाको विशेष साधारण सभा हेटौडा भएको थियो ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.